• २०८३ मङ्सिर ९ गते मङ्गलवार

विष्णु रिमाल भन्छन्- सौहार्द, मित्रवत र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौं ।   नेकपा एमालेका नेता विष्णु रिमालले सौहार्द, मित्रवत र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका छन् ।

एमालेको उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित भएका रिमालले एमालेको ११औं राष्ट्रिय महाधिवेशन भव्यता पूर्वक सम्पन्न भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई व्यावहारिक रूपमा आत्मसात गर्दै अत्यन्त सौहार्द, मित्रवत र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका हुन् ।

उनले महाधिवेशनमा नेतृत्वमा निर्वाचित सम्पूर्णलाई बधाई दिदै महाधिवेशनमा भाग लिने सबै प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस