असार ८, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयक नयाँ राष्ट्रपतिलाई प्रमाणीकरणको लागिपुनःअनुरोध गर्ने संवैधानिक र कानूनी व्यवस्था नभएको तर्क पेश गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रमाणीकरणको लागिअनुरोध गर्ने व्यवस्थान भएको भन्दै प्रधानमन्त्रीले अनुरोध र्फितालिएर नागरिकता विधेयकलाई सदनमा ल्याउन जरुरी भएको बताए ।

उनले भने, अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयक निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसदलाई छलेर मन्त्रि परिष्दबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । प्रधानमन्त्रीत्यो अनुरोध र्फिता हुन जरुरी छ र संसदमा नागरिकताविधेय कल्याउन जरुरी छ ।
सांसद सुवालले नागरिकता प्राप्त गर्नको लागि आमाबुबादुवै नेपालहुनु आवश्यक भएको भन्दै नेपालमा मजदुर तथा किसानी वर्गको आधारमा राजनीतिक पार्टी स्थापना हुन आवश्यक भएको बताए ।उनले भने,वंशजको आधारमा नेपाली नागरिकता पाउन आमा र बुबादुवै वंशजको आधारमा नेपाली नागरिक हुनु पर्ने कानुनी व्यवस्था हुन जरुरी छ । नेपालभित्रै स्वच्छ र भयरहित निर्वाचनभईरहेको छैन । नेपालमामजदुर किसान र कामदार वर्गको आधारमा स्थापना भएको राजनीतिक पार्टी जरुरी छ ।