• २०८३ बैशाख २१ गते सोमवार

घट्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सयले घटेको छ। छापावाल सुनको मूल्य आज ७ सयले घटेर ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस