• २०८३ कार्तिक २७ गते बिहिवार

प्रधानमन्त्रीले सदनलाई ढाटेको एमाले सांसद बस्नेतको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले भारतको नयाँ संससद भवनमा राखिएको नक्साबारे प्रधानमन्त्रीले झुटो बोलेको आरोप लगाएका छन् । शुक्रबार संसदमा उनले भारतको नयाँ संसद भवनमा राखिएको नेपालको नक्सा बारे प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा ठोस कुरा नभएको बताए पनि भारतीय विदेशमन्त्रीको भनाई पनित्यो झुटो भएको दाबी गरे ।

‘भारतीय विदेश मन्त्री एस जय शंकरले नेपालले कुरा बुझि सक्यो अब विवाद हुँदैन् । मित्रदेश नेपाल र बंगलादेशले अब विवाद गर्दैनन् । उक्त नक्साको मुनीअशोक इम्पायरको विवरण लेखिएको छ। यो संस्कृतिक कुरा हो यसलाई राजनीतिक विषय बनाउन जरुरी छैन् भन्ने पत्रकारहरु संगको कुराकानीमा गर्नु भएको छ ।’ उनले प्रश्न गरे ‘तर प्रधानमन्त्रीले यसको विषयमासबै जानकारी गराएको छ भनेर भन्नु भएको छ । सत्य कुरा के हो ? भारतले भनेको सत्य हो की ? प्रधानमन्त्रीले भनेको कुरा सत्य हो ?’

Sharing

प्रतिक्रिया दिनुहोस