• २०८३ बैशाख ९ गते बुधवार

बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं ।  साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मुल्य ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाकमा १ लाख ११ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ४० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस