• २०८३ बैशाख ७ गते सोमवार

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलमा झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरण कार्यन्वयनमा रोक लगाएको छ । संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्नु गैरसंवैधानिक भएको निवेदकको जिकिर छ ।

Sharing

प्रतिक्रिया दिनुहोस