• २०८३ बैशाख ७ गते सोमवार

गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेश गर्न अदालतको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । उच्च अदालत बिराटनगरले ओखलढुंगा खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्ध राहदानी सम्बन्धि सबै कागजात १५ दिनभित्र पेश आदेश गरेको छ । अमेरिकी नागरिकता परित्याग बिनै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनी विरुद्ध अदालतमा रिट निवेदन परेको थियो ।

सोही निवेदन उपर उच्च अदालत बिराटनगरको ओखलढुंगास्थित अस्थाई इजलासले राहदानी सम्बन्धि सम्पुर्ण कागजात १५ दिनभित्र पेश गर्न आदेश गरेको हो । त्यस्तै, अमेरिकी नागरिकता परित्याग गरेको निस्सा पनि १५ दिनभित्र पेश गर्न अदालतले आदेश गरेको छ । आदेशमा भनिएको छ,‘विपक्षी गम्बु शेर्पाले अमेरिकि पासपोर्ट प्रयोग गरि नेपाल आउने जाने गरेको र हाल पनि अमेरिकी नागरिकका रुपमा नेपालमा बसोबास गरेको सम्बन्धि सम्पूर्ण दस्तवेज अध्यागमन विभागमा रहेको भन्ने उल्लेख भएको हुँदा सो कागजातहरु अध्यागमन विभागबाट १५ दिनभित्र झिकाउनु ।  विपक्षीको नागरिकताको प्रमाण पत्र र सोको प्रतिलिपि र सोसँग सम्बन्धित दस्तावेज एवम् अमेरिकी नागरिकता त्याग गरेको भए सोको निस्सा पेश गरेको दस्तावेज १५ दिनभित्र झिकाउनु ।’

शेर्पा ३० बैशाख ०७९ को स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस