• २०८३ असार ४ गते बिहिवार

जातीय विभेद मानव सभ्यताकै कलंक हो : राष्ट्रपति पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । आज(आइतवार) सबै प्रकारका जातीय भेदभावविरूद्धउन्मूलन राष्ट्रिय दिवस मुलुकभर जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । नेपालमा वि.सं. २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।दिवसको अवसमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभावमानव सभ्यताकै कलंक भएको बताएका छन् ।

शुभकामना सन्देशमार्फत उनले सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् ।उनले समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै अन्त्य हुन नसकेको बताए ।
बिज्ञप्तीमा उनले भनेका छन्,‘समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै पनि अन्त्य हुन सकिरहेको छैन ।जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलंक हो। यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहनस्थानीय तह, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज, संघ संस्था र सञ्चारकर्मीहरूमा हार्दिक आव्हान गर्दछु ।’

Sharing

प्रतिक्रिया दिनुहोस