• २०८३ बैशाख ६ गते आइतवार

वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न सकेन : केपी ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको टिप्पणी गरेका छन् । शनिवार पार्टी कार्यालयच्यासलमा पार्टीको बिज्ञान तथा प्रविधि विभागद्वारा आयोजितविषयगत विज्ञहरूसँग वर्तमान सम्भावना र चुनौतीका विषयमा अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले आफुहरु सरकारबाट बाहिरिएपछि अहिलेको सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्नेसम्म आँट गर्न नसकेको दावी गरे ।

उनले भने‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल ,सुखी नेपाली भन्ने शब्द कुनै सरकार कुनै प्रधानमन्त्री कुनै नेता हाम्रो विपक्षहरु कसैले समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन समृद्ध नेपाल भन्ने जसको आँट छैन् ।’
अध्यक्ष ओलीले विज्ञानलाई प्रविधिमा रुपान्तरण गर्न सके गति र सामथ्र्यको वृद्धि हुने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस