• २०८३ बैशाख २० गते आइतवार

भारतको उडिसामा भयानक रेल दुर्घटना, २३३ को मृत्यू, ९०० घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । भारतको उडिसा राज्यमा भएको भयानक रेल दुर्घटनामा परी २३३ यात्रुको मृत्यू भएको छ । दुर्घटनामा नौ सयभन्दा धेरै यात्रु घाइते भएका छन् । द हिन्दुस्तान टाइम्सले जनाएर अनुसार दुर्घटनामा परी घाइतेहरुको उद्धारकार शनिवार बिहानसम्म पनि जारी छ ।

उडिसा सरकारले दुर्घटनामा परेकाहरुको उद्धार कार्यमा खटिन मातहतका निकायलाइ निर्देशन दिइसकेको छ भने, शनिवारको सबै सार्वजनिक कार्यक्रम रद्ध गरेको छ । दुर्घनाको अवलोकन गर्न वेष्ट बंगालका मुख्यमन्त्री ममता बेनर्जी शनिवार नै घटनास्थल जाने कार्यक्रम छ ।

द हिस्दुस्तान टाइम्सका अनुसार कोरोमण्डेल एक्सप्रेस उडिसाको बालासोर जिल्लामा मालबहाक रेलसँग ठोक्किएको थयो । त्यसपछि रेलको डिब्बा लिकबाट उछिट्टिएको थियो । डिब्बामा बिपरित दिशाबाट आउँदै गरेको बेङ्लुर–हवारह सुपरफाष्ट एक्सप्रेस ठोक्किएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस