जेठ १९, काठमाडौं । सरकारद्वारा प्रस्तुत बजेटलाई लिएर पर्यटन मन्त्री सुदन किराँतीले असन्तुष्टि पोखेका छन् । शुक्रबार ललितपुरमा शिव प्रसाद घिमिरेद्धारा लिखीत ‘शून्यबाट सुरु भएको व्यापार अपार’ पुस्तक लोकापर्ण कार्यक्रममा उनले सरकारले ल्याएको बजेटमा आफू सन्तुष्ट नरहेको बताए ।

हवाईजहाजमा कर लगाउने निर्णयप्रति उनको असन्तुष्टि छ । ‘बजेट भाषणपछि म पनि सन्तुष्ट छैन् । भन्न मिल्छ की मिल्दैन म त आन्दनेलनमा छु । हवाईजहाजलाई पनि ट्याक्स लगाइयो । हवाईजहाजमा ट्याक्स लगाएर राज्यको आय स्रोत बढाउन हुने तर हवाईजहाज कम्पनि नै मासियो भने के हुन्छ । विभिन्न ढंगले राजस्व चुहावट भईरहको छ त्यता तिर ध्यान छैन् । राज्यको दुष्टिकोण पुरानो छ । कम्बरमा बाँधेको चावि निकालेर खाटको बाकस खोलेर घ्युको भुटुन झिकिदिने जमाना छ ।’
‘शून्यबाट सुरु’ पुस्तक लोकापर्ण गर्दै उनले यसले मानव समाजमा धेरै सम्भावना र ज्ञानलाई प्ररित गरेको भन्दै उनले सपनाको गन्तव्यमा पुग्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
म वनझाँक्रीको घेराबन्दीमा छु, सहयोग गर्नुहोस् : मन्त्री किराती
पर्यटन मन्त्री सुदन किराँतीले आफु वनझाँक्रीको घेराबन्धीमा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकापर्ण कार्यक्रममा उनले भने ‘तीन वटा जहाज किन्ने भनेको संसार भरिको आँखा जलेर अहिले म घेरा बन्धीमा छु बनझाँक्रीको घेरा बन्धीमा । मान्छेको घेराबन्धीमा भएको भए छुटिन्थ्ये होला नी । बनझाँक्री त शक्तिशाली हुन्छन भन्छन् । मलाई लाग्छ म ईमान्दार कोसिस गर्छु । म संग ब्रम्हस्त्र त छैन तर तपाईहरुसंग छ । मलाई सहयोग गर्नुहोस । म उर्तिन चाहान्छु यो समुन्द्र तर्न चाहान्छु ।’
उनले देशलाई माथि उठाउन आफूले सक्दो प्रयास जारी राख्ने भन्दै साथ दिन सबैलाई आग्रह गरे ।