• २०८३ बैशाख २१ गते सोमवार

रविलाई नेता चयन गर्न संसदीय दललाई रास्वपा केन्द्रीय समितिको सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले संसदीय दललाई लामिछानेको नाम सिफारिस गरेको प्रवक्ता मुकुल ढकालले बताए

अहिले ३ बजे बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता नियुक्त गर्ने उनले जानकारी दिए । लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए ।

लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि अर्यालले राजीनामा दिइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस