• २०८३ बैशाख २३ गते बुधवार

जुम्लाको नुवाकोटमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, जुम्ला । जुम्लाको तिला गाउँपालिका – ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा १३ घार मौरीसहित घर नष्ट भएको छ । गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो ।

पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन ।

आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ ।

अहिले बजारमा महको प्रति केजी २ हजारमा बिक्री वितरण भइरहेको छ। घटनाको स्थलगत क्षतिको विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस