• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एमाले सचिवालय बैठक बिहान ११ बजे सुरु हुने

परराष्ट्रमन्त्रीको स्थगित भ्रमणबारे एमाले सचिवालय बैठकमा छलफल हुने
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन् ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

परराष्ट्रमन्त्रीको स्थगित भ्रमणबारे एमाले सचिवालय बैठकमा छलफल हुने 
नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव बिष्णु रिजालले जानकारी दिए ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पुर्व कानुन मन्त्री हरि बन्दीलाई जेनेभा पठाए पछि प्रधानमन्त्रीसँग एमालेको थप क्तितता बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस