• २०८३ जेष्ठ २३ गते शनिवार

आज भीम रावलको पत्रकार सम्मेलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १७, काठमाडौं । भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन्। पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो।

त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन्। उनले आफूले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने बताएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस