• २०८३ जेष्ठ ३१ गते आइतवार

ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उदघाटन गरेका छन् । सरकारले ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।

कार्यक्रम स्थतलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए । उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन् । मेचीनगर नगरपालिका-६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रम स्थल आइपुगेको थियो ।

उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस