• २०८३ जेष्ठ २४ गते आइतवार

प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस