• २०८३ जेष्ठ ३० गते शनिवार

दैलेखमा बर्षा सँगै पहिरोले गर्दा घर भत्किए

पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल, दैलेख समाचार प्रमुख

साउन ९ दैलेख । दैलेखको दुल्लु नगरपालिकामा मंगलबार राती आएको अविरल बर्षाका कारण पहिरो आएर ८ वटा घरहरुमा क्षति भएको छ । दैलेखको दुल्लु नगरपालिका –१ तल्लोडुंगेश्वर देखि करिब २ अघि दुल्लु तर्फ डुङ्गेश्वर–दुल्लु डाँडिमाँडी सडकखण्ड अन्तर्गत दलित समुदायका ८ वटा घरहरुमा सोमबार राति परेको अविरल बर्षाका कारण क्षति भएको छ । २ घर पुर्ण रुपमा भत्किएका छन भने, बाँकी घरहरु केहि हदसम्म भत्किएका र चिरा परेको छन ।


बस्तीको शिरबाट गएको कच्चि सडककै कारण समस्या हुन आएको हो । बर्षा याम सुरु हुँदा पनि स्थानीयका घर भन्दा माथि शिरमा हचुवाको भरमा बाटो खनिनु नै गलत प्रमाणीत हुनु हो । बस्ती माथि डोजर भर्खरै खन्न प्रयोग गरिएको छ । माथिबाट बर्षातको भल र पहिरो सँगै आउँदा सडक आसपासका ८ जना दलित समुदायका घरहरुमा क्षति भएको ईलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ ।

पहिरो पीडितहरुलाई उद्धार गर्न पाल बोकेर जाँदै ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी ईन्द्र घर्ति ।

बुधबार नै दुल्लु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल , प्रहरी र स्थानीयको सहयोगमा उनीहरुको उनीहरुको उद्धार कार्य गरिएको छ । नगरपालिकाको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा राख्ने गरि पालहरु वितरण गरिएको नि.प्रमुख ज्ञानमणी नेपालले बताए । सडकलाई व्यवस्थिकरण गर्न नसके अझै बस्ती जोखिममा छ ,उनले भने ।

रातिको समयमा आएको बर्षाले एकाएक बस्तीमा समस्या दिएपछि उनीहरु घरबाट बाहिर निस्कि ,केही सामाग्रीहरु सारेको स्थानीय आईते कामिले बताए । उनका ६ वटा बाख्रा समेत मरेका छन । ईलाका प्रहरी कार्यालय दुल्लु र स्थानीयहरुको सहयोगमा उनीहरुलाई काठका टहरा निर्माण गरी दैवीप्रकोप उद्धार गरिएको ईलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत प्रहरी ईन्द्र घर्ति मगरले जानकारी दिए । मानवीय क्षती भने भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस