• २०८३ जेष्ठ २४ गते आइतवार

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं ।  रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे।

Sharing

प्रतिक्रिया दिनुहोस