माघ १६, काठमाडौं। यही फागुन १९ बाट देशव्यापी रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘छक्का पन्जा -४ ‘ को गीत दर्शन सलाम रिलिज भएकोछ । तोकिएको समय भन्दा एक घण्टा ढिलो गरी ओ एस आर डिजिटलको युट्युब च्यानलबाट ‘दर्शन सलाम’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत, साहिमा श्रेष्ठ र डेविड शंकरको आवाजमा रहेको गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कबिराज गहतराजको रहेको छ । टिपिकल नेपाली लोक भाकामा रहेको ‘दर्शन सलाम’ गीतमा नायिका स्वस्तिमा खडका, निर्मल शर्मा, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), बुद्दी तामाङ हैट र नव कलाकार राज आचार्यलाई फिचर गरिएको छ । दर्जनौको संख्यामा कोरस डान्सर उतारिएको भिडियोमा स्वस्तिमाको इन्ट्रीलाई बलिवुड शैलिमा गरिएको छ ।
झट्ट हेर्दा बलिवुडको जस्तो गीत लागेपनी नेपाली लोक भाकाको गीतमा कोरियो ग्राफर गहतराजले गज्जबको काम गरेका छन । गीतमार्फत् दीपकराजको चरित्र चित्रण समेत गरिएको छ ।फिल्मको अन्य सिरिजहरु हिट भैसकेका र यस बर्षकै प्रतिक्षित चलचित्र छक्का पन्जा – ४ लाई चर्चित निर्देशक हेम राज बिसीले निर्देशन गरेका छन भने दिपाश्री निरौलाले निर्देशनको पाटो स्थगित गरेर अभिनय गरेकिछिन ।
दीपेन्द्र खनिया र केशब न्यौपाने निर्माता र केदार प्रसाद घिमिरे, निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा दिपक राज गिरीको लेखन , नरेन्द्र मैनालीको सिनेमेट्रोग्राफी, रोशन श्रेष्ठको द्वन्द्द, निमेश श्रेष्ठ सम्पादन रहेको छ । फिल्ममा दिपक राज गिरी, दिपा श्री निरौला, निर्मल शर्मा, बुद्धी तमाङ, राज आचार्य, बेदना राई, सूश्मा निरौला, दिनेश कोइराला लगायतको अभिनय रहेको छ ।
भिडियाे