• २०८३ जेष्ठ ८ गते शुक्रवार

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धारा सृजनशिल टोल डेरा गरी बस्ने ३७ वर्षीया कल्पना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-७ घर भई काठमाडौं बसुन्धरा बस्ने ३२ वर्षीया शिला गुरुङ लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार रूपैयाँ, क्यासिनो सिक्का २ सय ४१ थान र १२ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस