• २०८३ बैशाख १६ गते बुधवार

राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको संयोजकमा गोविन्द नेपाली

पढ्न लाग्ने समय : २ मिनेट

माघ ७, नवलपुर(कावासोती) । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति नवलपुरको संयोजकमा गोविन्द नेपाली चयन भएका छन् । आज मंगलबार नेपाल पत्रकार महासंघ नवलपुर शाखाको सभाहलमा भएको कार्यक्रममा नेपालीको संयोजकत्वमा सात सदस्यीय भेला आयोजक समिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको सहसंयोजकमा गंगा विश्वकर्मा र विनोद परियार रहेका छन् भने सदस्यहरुमा सिमाना खाती, अस्मि रम्तेल, रेशम सुनार र रेश्मा रसाईली रहेका छन् । त्यस्तै समितिको सल्लाहकार संयोजकमा राजेश कुमार सुनाम र सदस्यमा खिम बहादुर विश्वकर्मा रहेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य राजेश कुमार सुनामको अध्यक्षता भएको प्रारम्भिक भेलामा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष वरिष्ठ पत्रकार एवं संविधान सभा सदस्य विनोद पहाडी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गोपाल बराईली, जिल्ला समन्वय समिति नवलपुरको प्रमुख चेस राम आले मगर, उपप्रमुख सारदा विश्वकर्मा, नेपाल पत्रकार महासंघ नवलपुर शाखा उपाध्यक्ष श्रीराम सिग्देल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति चितवनको अध्यक्ष अमिर रामदाम, नेपाल प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटा लगायतले दलित समुदायको मुद्दा एक भएर उठाउनु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै नवनिर्वाचित संयोजक नेपालीले नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेका सम्पूर्ण दलित समुदायको सञ्चारकर्मी तथा पत्रकारहरूलाई एकैथलोमा भेला गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा राष्ट्रिय दलित पत्रकार संघ नेपालप्रति आभार व्यक्त गरेका छन् । संयोजक नेपालीले दलित समुदायको सरोकारवालाहरू, राजनीतिक दलका प्रतिनिधि, पत्रकार पेशागत संगठनका प्रमुखहरू, नेपाल पत्रकार महासंघ नवलपुर शाखाका पदाधिकारीको उपस्थितिमा भव्यताका साथ जिल्ला कार्यसमिति घोषणा गर्ने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस