• २०८३ बैशाख १५ गते मङ्गलवार

करण राई बने ‘भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल–४’ को विजेता बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । यस्तै, टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

Sharing

प्रतिक्रिया दिनुहोस