• २०८३ बैशाख २७ गते आइतवार

सेनाको ‘अपरेशन महाहण्ट’ : शंकास्पद पाँचसहित हतियार बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ५, पर्सा। नेपाली सेनाको ‘अपरेशन महाहण्ट-९’ ले सोमबार पर्सा राष्ट्रिय निकुञ्जबाट पाँच जनालाई पक्राउ गर्दै केही हतियार बरामद गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै नेपाली सेनाले शंकास्पद पाँच मानिससँगै मृत जरायो, जरायोको टाउको, केही हतियार, त्यसमा प्रयोग हुने गोली र केही नगद बरामद गरेको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सिद्धबक्स गणको सुरक्षा वेश चारभैयाबाट खटिएको टोलीले जमुनिया खोला नाका इलाकामा एम्बुस थापेर सर्च गर्दा पाँच जना र केही हतियारसहित सामान बरामद गरेको हो।

blog

बरामद हतियारसहित पाँच जना शंकास्पद व्यक्तिलाई सेनाले निकुञ्ज कार्यालयमा बुझाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस