• २०८३ बैशाख ९ गते बुधवार

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ । पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ । जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस