• २०८३ बैशाख ७ गते सोमवार

फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियम समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि ६५ औं मिनेटमा लुकाकुको गोलले मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, खेलको ८१ औं मिनेटमा केभिन डे ब्रुएनाको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ । समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस