• २०८३ जेष्ठ २२ गते शुक्रवार

विवाह भएको ७ महिनामै झुण्डिएको अवस्थामा भेटियो शव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा एक महिला घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।अन्दाजी २५ वर्ष उमेरकी दीपा पराजुली थापा घरनजिकको रुखमा झुण्डिएको अवस्थामा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेको प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले बताए ।

मृतक महिलाको करिब सात महिला अघि सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो । माइती पक्षले विवाह पछि मृतकलाई दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएको दाबी गरिरहेका छन् । मृतकका बुबा रतन पराजुली आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुन्ड्याइएको बताइरहेका छन्। मृतकको शव पोस्टमार्टमको लागि महाराजगन्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस