मङ्सिर १९, दोलखा। दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले निर्वाचित भएका छन् ।कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।
