• २०८३ बैशाख १९ गते शनिवार

पाँच केजी अवैध गाँजासहित सिन्धुलीबाट दुई मोटरसाइकल बरामद, चार जना भागे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं ।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ । शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए ।

उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताएको ।

Sharing

प्रतिक्रिया दिनुहोस