• २०८३ जेष्ठ ७ गते बिहिवार

नेपालले टस हार्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं ।  नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् । विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस