मंसिर ११, रामेछाप। रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्। तामाङ ४७ हजार ९८ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई हराए। ढुंगेलले ३० हजार सात सय २९ मत ल्याएका छन्। तामाङले १६ हजार तीन सय ६९ मतान्तरले ढुंगेललाई हराएका छन्।
