• २०८३ जेष्ठ २ गते शनिवार

नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याए भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए । यस निर्वाचन क्षेत्रको प्रदेश–२ को गणना जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस