मंसिर ६, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार लामिछानेले ४००७ मत पाउँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । यस्तै, कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।