• २०८३ बैशाख १० गते बिहिवार

आज पनि घट्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि सुनको मूल्य घटेकाे जनाएकाे छ । महासंघका अनुसार सुनकाे मूल्य  तोलामा ३०० रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसैगरी, सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस