मंसिर ६, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेतले एमालेका उम्मेदवार शेर बहादुर तामाङलाई ठुलो मतान्तरले पछाडि छोडेका छन् । बस्नेतले ३८९३ र ठकुरीले २२३६ मत पाएका छन् । उनीहरुबीच १६५७ मतको अन्तर छ ।