• २०८३ बैशाख २० गते आइतवार

बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस