• २०८३ जेष्ठ ५ गते मङ्गलवार

माता पाथिभराको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वि.सं. २०७९ कार्तिक २४ गते बिहीवार तदनुसार ई. सं. २०२२ नोभेम्बर १० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:०६ बजे. चन्द्रास्त : बिहान ०७:३० बजे र चन्द्रोदय : बेलुका ०६:३१ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे

मेष : प्रेम बढ्नेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ।

वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मीन : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस