• २०८३ असोज १९ गते सोमवार

मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो ।

विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस