• २०८३ बैशाख ५ गते शनिवार

चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।


घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ । गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।

तनहुँमा चितुवाको आक्रमणबाट १२ भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस