• २०८३ असार ११ गते बिहिवार

मोटरसाइकल ठक्करबाट बृद्धको मृत्यु, चालक भारतीय भ्लगर जट प्रभजोत घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । पृथ्वीराजमार्ग सडक खण्डको धादिङको गजुरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।काठमाडौतर्फ आउदै गरेका भारतका चर्चित मोटो भ्लगर जट प्रभजोतले चलाएको एमएच-०१ सिडब्ल्यू ५९७१ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट ७९ बर्षिय सुरबहादुर धितालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्कर लागेका धितालको नजिकको अस्पतालमा उपचारको क्रममा निर्धन भएको छ । त्यस्तै मोटो भ्लगर प्रभजोतका दुवै खुट्टामा चोट लागेको र उनलाई थप उपचारका काठमाडौँ ल्याइएको छ ।

उनी नयाँ मोटरसाइकल कावासोकी निन्जा एच२ किनेपछि पहिलो टुर नेपालमा गर्न काठमाडौँ आउदै थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस