• २०८३ बैशाख २९ गते मङ्गलवार

नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । नेप्सेमा ठुलो गिरावट आएको छ । आज बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६. ३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको शेयर ९.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ७१ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४५ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस