• २०८३ जेष्ठ ८ गते शुक्रवार

देश गम्भीर मोडमा छ : प्रधानमन्त्री देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, धनगढी  ।   प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आज धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताएका छन् ।

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्ने उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस