कात्तिक ४, मोरङ । मोरङको जहदा गाउँपालिका २ भाथीगंछबाट माटोमुनि लुकाएको १५ केजी गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यलय रानी विराटनगरले विशेष सुराकीको आधारमा आज गाँजा बासको झ्याङबाट बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको गाजा ईप्रका रानीबाट खटीएको टोलीले उक्त बास झ्याङको एक मिटर गहिरो खाडल खनेर गाडेको अवस्थामा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बरामद गरेको गाजा ईप्रका रानीबाट ८ किलोमिटर पूर्व उत्तर पर्दछ । बरामद गरेको गाजा भारत तस्करी गरि लैजाने तयारी गरिएको थियो । पहाडी जिल्लाबाट आएको गाजा सिमावर्ति क्षेत्र हुँदै गाजा तस्करी हुने गरेको छ । प्रहरीले बरामद गरेको गाजा कसले राखेको त्यो खुलेको छैन ।
