• २०८३ बैशाख ८ गते मङ्गलवार

नेपालले यु-१९ विश्वकप खेल्न नपाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौे, १० काठमाडौं। यु १९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता खेल्न नेपालले नपाउने भएको छ ।

आईसीसीले यु १९ विश्वकप क्रिकेटका लागि एसिया छनोट रद्द गरेपछि नेपालको खेल्ने सपना तुहिएको हो ।

आईसीसीले बुधबार राति कोरोना महामारीको कारण देखाउँदै एसिया क्षेत्रको छनोट रद्द गरिएको जनाएको हो ।

आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ ।

अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् ।

कोरोना महामारीकै बीचमा पनि युरोप र अफ्रीका क्षेत्रको छनोट आयोजना हुने छ ।

एसिया क्षेत्रबाट पाँच संस्करणको विश्वकप प्रदर्शनका आधारमा युएई छनोट भएको छ ।

छनोट प्रतियोगिता भएको भए नेपालले मलेसिया, ओमान, सिंगापुर  र युएईसँग प्रतिस्पर्धा गर्नु पर्ने थियो ।

यी टिममा शीर्ष स्थानमा रहने टिमले नै २०२२ को विश्वकप खेल्ने रोडम्याप रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस