• २०८३ बैशाख २४ गते बिहिवार

प्रत्यक्षतर्फ २७ प्रतिशत मतपत्र छपाइ सम्पन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सकिएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्चसुरक्षा प्रबन्धसहित मतपत्र छपाइ भइहेको छ । छापिएकामध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन् ।

दुवै तह गरी कुल करिब ४ करोड थान मतपत्र आवश्यक पर्छ । तीमध्ये करिब २७ प्रतिशत छपाइ सकिएको हो ।

पहिलो चरणअन्तर्गत प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस