• २०८३ बैशाख २४ गते बिहिवार

मुगुमा लुकीछिपी यार्चागुम्बा चोर्न जाने २५ जना पक्राउ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २४, मुगु  । हिमाली जिल्ला मुगुमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने २५ जना मानिस पक्राउ परेका छन् । मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । कार्यालयका अनुसार विहिवार जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका स्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिका सहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि रविराज थपलियाले बताए ।

उनका अनुसार अनुमति विना वन प्रवेश गर्ने ब्यक्तिलाई पक्राउ गरेका छौ , यो भन्दा अगाडी पनि जिल्ला प्रहरी कार्यालय र सम्बन्धित प्रहरी चौकिहरुको समन्वयमा ठुलो संख्यामा पनि चोरीमा गएका ब्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाई सकेको जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको थपलियाले जानकारी दिए । यार्चागुम्बा संकलनको लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले हाल सम्म कुनै पनि आधिकारिक रुपमा सुचना प्रकाशित गरेको छैन । बिगत एक हप्ता देखि यार्चागुम्बा संकलनको लागि विभिन्न छिमेकि जिल्ला बाट अनाधिकृत रुपमा लुकिछिपि वन प्रवेश गर्ने ब्यक्ति लाई पक्राउ गरि सम्झाई बुझाई गरेर सम्बन्धित गाउँ घरमा फकाईएको उनको भनाई छ ।

एक हप्ता देखिको अभ्यासमा लुकिछिपि वन प्रवेश गर्ने एक सय ५० जना सम्म पक्राउ गरेका थियौ भने आज एकैदिन ठुलो संख्यामा पक्राउ गरेको थपलियाको भनाई छ । पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखेर बयान लागि हाजिरी जमानी गरेर छोडिदिने बताइएको छ । यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी रहेको छैन । मुगुम कार्मारोङ्ग गाउँपालिकाले एक सुचना जारी गर्दे यार्सा संकलनमा यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस