• २०८३ जेष्ठ १९ गते मङ्गलवार

‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारी ठग्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६,मोरङ ।  प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस