असोज २३, काठमाडौं । गठबन्धनमा काठमाडौं क्षेत्र नं ६ मा एक सीट पनि नपरेपछि नेकपा माओवादीले विद्रोह गरेर बेग्लै उम्मेदवार खडा गरेको छ । सुरुमा काठमाडौ जिल्लामा यो क्षेत्रबाट संघमा दावी गरेको माओवादीले गठबन्धनबाट सिट नपाउने भएपछि एउटा प्रदेशमा सम्झौता गरेपनि आइतबार उम्मेदवारी मनोनयनको अन्तिम बेला सिट नपाएपछि क्षेत्रका दुबै सीटमा उम्मेदवारी दर्ता गराएको हो ।

क्षेत्र नं ६ प्रदेश क मा रबीन्द्र क्षेष्ठ र प्रदेश ख मा प्रकाश फुँयाले उम्मेदवारी दर्ता गराउनुभएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
यो क्षेत्रमा संघमा माओवादीले गठबन्धनका उममेदवार भिमसेनदास प्रधानलाई भोट हाल्नुपर्नेछ भने प्रदेशमा कांग्रेस र एमाले संग एक्लै भिड्ने छ ।