• २०८३ बैशाख ७ गते सोमवार

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, चितवन। अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ स्थित सत्र किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस