• २०८३ भाद्र २५ गते बिहिवार

पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्। आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

‘कांग्रेस पार्टीभित्र ठूलो असन्तुष्टि रहेको छ। यसका लागि नयाँ विद्रोह आवश्यक रहेको छ’, उनले भने, ‘आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरण गर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था छ।’

नेपाली राजनीति दलहरुको उद्देश्य चुनाव लड्ने र सत्तामा पुग्ने मात्रै भएको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस